गोलभेँडामा टुटा किराको आंतक

२७ भाद्र २०७४

banner

डडेल्धुरा। गोलभेँडामा टुटा एब्सोलुटा (गोलभेडाको पात खन्ने किरा) भेटिएको छ। 

सो किरा जिल्लामा पहिलो पटक देखा परेको हो। टुटा एब्सलुटा नामको किरा मुख्यतया गोलभेँडाको फल र प्याकेजिङ सामग्री ओसारपसार गर्दा तराईका जिल्लाबाट जिल्लामा भित्रिएको हुनसक्ने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए। 

टुटा किराले गोलभेँडाको बिरुवालाई फूलबाट निस्कना साथ लार्भाले पात, डाठ, मुना र फल भित्र छेडेर नष्ट गर्ने भएकाले यसलाई गोलभेँडाको मुख्य सत्रुका रुपमा लिने गरेको विष्ट बताउछन्।

अमरगढी नगरपालिका–७ पोखराका कृषक वसन्ती पार्कीले लगाएको गोलभेँडा जाँच गर्न पुगेको इन्वाइटा र अनुकूलन परियोजनाको टोलीले उक्त टुटा किरा भेटिएको हो। अमरगढी नगरपालिकाको पोखरास्थित प्लाष्टिक घरमा लागाएको गोलभेँडामा टुटा किरा देखिएको बहुउद्देश्यीय विकास समाज अनुकूलन परियोजनाका कृषि अधिकृत सन्तोष विष्टले बताए। 

समयमा उपचार गर्न नसके टुटा किराले गोलेभँडा खेतीलाई नष्ट पार्छ। किरालाई मार्न पहल भइरहेको कृषक डम्बर कैनी बताउछन्। टुटा किरा जिल्लाभर फैलिने किसानलाई चिन्ता भएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »