चट्याङले एकै किसानका ३६ चौपायाको ज्यान लिएपछि...

२७ भाद्र २०७४

banner

रसुवा। चट्याङका कारण एकै किसानका ३६ चौपाया मरेका छन्। 

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार सोमबार साँझको चट्याङले नौकुण्ड गाउँपालिका वडा नं २ कलाखर्क, यार्साका किसानले पालेका चौंरीगाई आठ, बाख्रा नौ, गाई १७ र कुकुर दुई वटा मरेका हुन्। 

पारच्याङ प्रहरीचौकीबाट सात घण्टाको दूरी पर रहेको घटनास्थलमा केहीबेर अगाडि प्रहरी पुगी क्षतिको थप विवरण लिने काम भइरहेको छ। घटनाबाट गोठमा रहेकी ६४ वर्षीया कान्छीमाया तामाङ सामान्य घाइते भएकी र उनको उपचार स्थानीयस्तरमै भएको प्रहरी प्रमुख क्षेत्रीले बताए। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »