भारतमा ढुंगाले च्यापेर एक नेपालीको मृत्यु

२७ भाद्र २०७४

banner

बैतडी। ढुंगाले च्यापेर भारतमा सडक मजदुरका रुपमा कार्यरत एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका–६ शंकरपुरका २४ वर्षीय रामदत्त अवस्थी रहेका छन्।

सोमबार बेलुका भारतको उत्तराखण्डको धारचुला नजिक बालुवाकोटमा सडकमा काम गरिरहेका बेला माथिबाट खसेको ढुंगाले च्यापेर उनको घटनास्थलमै ज्यान गएको मृतकका आफन्त महेश भट्टले जानकारी दिए।

मृतकको शव परीक्षणका लागी धारचुलास्थित एक अस्पतालमा राखिएको छ। शव परीक्षणपछि आफन्तलाई बुझाइने बताइएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »