सर्वोच्चद्वारा सिलवालको रिट निवेदन खारेज, अर्यालको बढुवा सदर

२७ भाद्र २०७४

banner

काठमाडौं। सर्वोच्च अदालतले आईजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै डिआईजी नवराज सिलवालले दायर गर्नु भएको रिट निवेदन खारेज गरेको छ। मंगलबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको वृहत पूर्ण इजलासले डिआईजी सिलवालको माग दावी पूरा गर्ने कुनै आधार नदेखिएको भन्दै रिट निवेदन खारेज गरिदिएको हो।

कार्यक्षमता मूल्यांकन, प्रहरी ऐन कुनै पनि दृष्टिले डिआईजी सिलवालको माग दावी गर्ने आधार नभेटिएकाले तत्कालीन डिआइजी प्रकाश अर्याललाई महानिरीक्षकमा बढुवा गर्ने सरकारको गत चैत्र २८ गते गरेको निर्णयमा कुनै त्रुटी नदेखिएकाले सिलवालको रिट निवेदन खारेज गर्ने आदेश दिइएको सर्वोच्च अदालतका उप रजिष्ट्रार नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए।

तत्कालीन डिआईजी अर्याल कार्यक्षमता मूल्यांकनका आधारमा पनि पहिलो नम्बरमानै रहेकोे पुष्टि भएको पनि फैसलामा उल्लेख गरिएको छ। सर्वोच्चको यो फैसलासँगै लामो समयदेखि विवादमा तानिएको आईजीपी नियुक्तीको विषय टुंगो लागेको छ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »