कांग्रेसको चुनावी प्रचारप्रसारमा जे देखियो (फोटो फिचर)

२७ भाद्र २०७४

banner

वीरगञ्ज(पर्सा)। नेपाली काँग्रेस पर्सा र वीरगञ्ज महानगर समितिको आयोजनामा आज मंगलबार साँझ विरगञ्ज महानगरपालिकाका सात वटा वडाहरुमा प्रचार सभा आयोजना हुने भएको छ।

महानगरको वडा नम्बर ११, १२ र १३ को मुरली चौकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.को उपस्थितिमा साँझ ०६ः०० बजे विशेष चुनावी सभा आयोजना गरिएको छ।

त्यस्तै वडा नम्बर ८ को पानीट्यांकीमा साँझ ०६ः०० बजे आयोजना हुने कार्यक्रममा नेताहरु ईश्वरभक्त श्रेष्ठ, प्रकाश उपाध्याय, रामनारायण कुर्मी, कन्हैया झा, दिलिप कार्की, रोशन लामिछाने, प्रेमशंकर सिँह लगायतको सहभागिता रहने नेपाली कांग्रेसको महानगर चुनाव प्रचार समितिले जनाएको छ ।

त्यस्तै वडा नम्बर १४ को ठूलो पिपरामा साँझ ०७ ०० बजे हुने कार्यक्रममा नेताहरु श्याम पोखरेल, रामरुप कुर्मी, विरेन्द्र पटेल, रामनारायण कुर्मी, सहरुम राउत गदी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

वीरगञ्ज महानगरको वडा नम्बर १६को नगवा स्थित माईदिया पोखरीमा साँझ ७ ०० बजे हुने कार्यक्रममा बैकुण्ठ श्रीवास्तव, श्याम पटेल, विजय कर्ण, प्रेमचन्द दुवे, शम्भु हजरा, दिना गुप्ता लगायतका नेताहरुको सहभागिता रहने महानगर चुनाव प्रचार समितिले जनाएको छ।

त्यस्तै वडा नम्बर ४ को विर्ता गणेशमान चौकमा साँझ ७ः०० बजे हुने कार्यक्रममा नेताहरु विजय सर्राफ, विद्या श्रेष्ठ, राजकृष्ण अमात्य, प्रकाश उपाध्याय, डा. दिपक शाक्य, डा.सुष्मा तिवारी द्धिवेदी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »