सर्पले डस्दा पुजारीको मृत्यु 

२७ भाद्र २०७४

banner

बाँके। डुडुवा गाउँपालिका–६ पहाडियास्थित मन्दिरमा बिगत २ वर्षदेखि पुजारीको रुपमा काम गर्दै आएका कास्की पोखराका ५९ वर्षीय नारायणप्रसाद देबकोटाको सर्पले टोकेर मंगलबार मृत्यु भएको छ।
उक्त मन्दिर नजिकै सर्पले टोकेर घाइते भएका देबकोटालाई उपचारको लागि स्वास्थ्य चौकी हिरमुनिया लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »