निशान भट्टराई इटहरी पुग्दा जे देखियो

२७ भाद्र २०७४

banner

सुवास संकल्प, ईटहरी। नेपाल आईडल फाईनलको संघारमै आईपुग्न लाग्दा उत्कृष्ट ३ मध्येका एक निशान भट्टराई भोट अपिल गर्दै पुर्वका विभिन्न ठाउँ पुग्ने क्रममा आज ईटहरी पनि आईपुगेका छन्। बिराटनगरमा कार्यक्रम सकेर ईटहरी आईपुगेका उनलाई घण्टौ अघिदेखि फ्यान तथा सुभचिन्तकले पर्खिरहेका थिए। हजारौं फ्यान माझ जब उनी झुल्किए अनि माहौलले अर्कै रुप लियो। कार्यक्रम स्थल आउनु पहिले नै उनले भ्यानबाट आफ्ना फ्यानलाई हात हल्लाउदै आएपछि भने हल्ला र सुसेलिले ईटहरी चोक गुन्जयमान बन्यो।

उनी स्टेज चडे तर ट्र्याकमा गीत गाउन थाले पछि हल्लाले गर्दा उनले ट्र्याक बिनै मुखले मात्र “यो गाउको ठिटो म” लगायतका गीत गाउदै दर्शक झुमाए भने भोट अपिल पनि गरे।

भिड थाम्न नसके पछि उनलाई स्टेजबाट ओराल्न हम्मे-हम्मे पर्यो। अन्ततः उनलाई प्रहरी चौकी पुर्याउनु पर्यो। अहिले हामिले प्रहरी चौकी पुर्याईएको भिडियो प्रस्तुक गरेका छौ। उनको प्रस्तुती सहितको भिडियो पनि सार्बजनिक गर्नेछौ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »