गणेशमान प्रथम स्मृति कप खुल्ला फुटसल प्रतियोगिता हुने

२८ भाद्र २०७४

banner

काठमाडौँ। वीर गणेशमान प्रथम स्मृति कप खुल्ला फुटसल प्रतियोगिता आयोजना गरिने भएको छ । 

युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यले २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंंहको स्मृतिमा नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले पहिलोपटक सो प्रतियोगिता आयोजना गर्न लागेको हो। 

भोलि बुधबारदेखि ३१ गतेसम्म सामाखुशीमा प्रतियोगिता आयोजना हुने तरुण दल २६ वडाका अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए। 
तरुण दल २६ वडाका सचिव मनिष डंगोलले युवापुस्ता फुटसल खेलप्रति आकर्षित हुँदै गएकाले आफूहरुले पनि उक्त प्रतियोगिता गर्न लागेको जानकारी दिए। उनले उक्त खेललाई रनिङ सिल्डका रूपमा विकास गर्दै लैजाने उद्देश्य रहेको बताए।

खेलको प्रथम विजेतालाई रु एक लाख, द्धितीयलाई रु ५० हजार, राम्रो खेलाडीलाई जुत्ता र राम्रो गोलकिपरलाई पञ्जा पुरस्कार दिइने सचिव डंगोलले जानकारी दिए।

उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाका २५ भन्दा बढी क्लबको सहभागिता रहने जनाइएको छ। रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »