यू-१९ एशिया कप छनोटः भुटानले दियो नेपाललाई ५१ रनको लक्ष्य, दिपेन्द्रले लिए ५ विकेट 

२८ भाद्र २०७४

banner

काठमाडौं ।  मलेसियामा जारी यू १९ एसिया कप छनौट क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा भुटानले नेपाललाई ५१ रनको लक्ष्य दिएको छ। 

टस जितेर पहिले ब्याटिङ रोजेको भुटान २८ ओभरमा ५० रन बनाउँदै अलआउट भयो। नेपालका दिपेन्द्र सिंह ऐरीले ५, सन्दिप लामिछानेले ४ र नन्दन यादवले एक विकेट लिए। 

दिपेन्द्रले ९ औँ ओभरमा २ र १९ औँ ओभरमा २ तथा २१ औँ ओभरमा १ विकेट लिए 

समूह ‘ए’ मा रहेको नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २ सय ५५ रनले हराएको थियो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »