इरिक्सा हाँक्दै प्रचार सामग्री टाँस्दै उपमेयर उम्मेद्वार ! (भिडियोसहित)

२८ भाद्र २०७४

banner

जनकपुर। धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकाका एक उम्मेद्वार गजबकै भेटिए। उपमहानगरमा उपमेयरको उम्मेद्वारी दिएका उनी स्वयं रिक्सा चलाएर प्रचारमा व्यस्त थिए।

जनकपुरको रामानन्द चोकमा भेटिएका ती उपमेयर उम्मेद्वार हुन् बलिराम मिश्र।

नेपाली कांग्रेसमा उनी १८ बर्ष सक्रिय रहेको दावि गर्छन्। यो चुनावमा उनले कांग्रेसबाट टिकट नपाएपछि झोँक्किएर स्वतन्त्र उम्मेद्वारकोरुपमा उपमेयरमा उम्मेद्वारी दिएका हुन्।

मिश्रका दाजु पनि नेपाली कांग्रेसबाट उम्मेद्वार छन्। १८ बर्षदेखि संलग्न रहेको पार्टी नै मन नपरेपछि त्यही पार्टीका उम्मेद्वार दाजुलाई सघाउने सवालै रहेन। उनी भन्छन् ‘म किन दाजुलाई सघाउँछु, मेरो आफ्नै प्रचार गर्नु परेन?’

मिश्र स्वयं रिक्सा हाक्दै प्रचार सामग्री चोकचोकमा टाँस्दै हिडेका थिए। उनीसँगै थिए अन्य दुईजना जो प्रचार सामग्री टाँस्दै, बाँड्दै हिडेका थिए।
हामीले मिश्रसँग खै तपाइँको प्रचार सामग्री पाउँ भनेर हेर्न माग्यौं। उनी केहीबेर अलमलाए।

हामी त्यतिबेला सरप्राइजमा पर्यौं जब उनको रिक्सामा हेर्यौं। उनले चलाएको रिक्सामा उनी स्वयंको प्रचार सामग्री थिएन।

मिश्रसँगको संवाद सहित यो भिडियो हेर्नुहोस्ः

कांग्रेस नेता बिमलेन्द्र निधिसँग मिश्रको कडा रिस रहेछ। टिकट नपाएपछि स्वयं उपमेयर उठेका मिश्रले प्रचार भने नेपाली कांग्रेसकै गरेका रहेछन्। उनको त्यो रिक्सामा कांग्रेसकै प्रचार सामग्री थिए। तर उनी ज्यालादारी र साझेदारीमा कांग्रेसको प्रचारमा रहेछन्।

आफू गरिखाने मजदुर भएको भन्दै उनले आफ्नो प्रचारका लागि कांग्रेसले उपलब्ध गराएको त्यही रिक्सा प्रयोग गरेका रहेछन्। कांग्रेसको प्रचार सकेर उनलाई आफ्नो प्रचारका लागि निस्कनु हतार थियो।

आफूसँग प्रचारका लागि खर्च नभएका कारण उनले कांग्रेसको प्रचारमा सघाएर उसकै रिक्साबाट आफ्नो पनि प्रचार गरेको बताए। उनले राजपालाई पनि प्रचारमा सघाएको बताए। त्यहाँबाट पनि उनले आफ्नो लागि फाइदा हुने सुनाए।

हारजित जे होला तर कांग्रेसलाई देखाइदिन उनी उपमेयरमा उठेका रहेछन्।

अन्याय र भ्रष्टाचारका विरूद्धमा आफूले निकै कडा कुरा राख्ने गरेको सुनाउँदै कांग्रेसबाट उम्मेद्वारी पाएको भए जनकपुरको विकासमा योगदान गर्ने उनको धोको रहेछ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »