चलचित्र लिलिबिलीको औपचारिक घोषणा, चार बडिगार्डसहित कार्यक्रममा देखिए प्रदिप

२८ भाद्र २०७४

banner

काठमाडौँ । पछिल्लो समय दर्शकको मन जित्न सफल नायक प्रदिप खड्काले अभिनय गर्ने चलचित्र लिलीबिली को औपचारिक घोषणा भएको छ। चलचित्र निर्माण पक्षले हिजो राजधानीमा पत्रकार सम्मेलन गरी चलचित्र ‘लिलीबिली’को औपचारिक घोषण गरेको हो।

चलचित्रमा प्रदीप खड्का र अनुपविक्रम शाहीको मुख्य भूमिका रहनेछ भने युकेमा बस्दै आईरहेका जसिता गुरुङ र रेविका गुरुङले समेत यो चलचित्रमा डेब्यु गर्दै छन्। चलचित्रमा यी दुई नव नायिकासँग प्रदिपले स्क्रिन शेयर गर्ने छन्।

प्रत्रकार सम्मेलनमा कलाकारको स्टाडम पनि देखिएको थियो। नेपाली चलचित्र क्षेत्रमा बडिगार्डसहित हिड्ने नायक भनेर अनमोललाई चिनिन्थ्यो भने हिजो नायक प्रदिप खड्का पनि बडिगार्ड सहित उक्त कार्यक्रममा पुगेका थिए। साथमा दुर्इ नव नायिका पनि बडिगार्डसँग कार्यक्रममा उपस्थित थिए।

यसले नेपाली चलचित्र क्षेत्रको पनि बिस्तारै बिकास हुँदै गरेकोछ भन्ने कुराको पुष्टी गर्दछ। पत्रकार सम्मेलनमा नायक प्रदिपलाई तपाईले ४ जना बडिगार्डलार्इ कसरी पाल्न सक्नु हुन्छ भन्ने प्रश्नमा प्रदिपले मलाई बडिगार्ड होइन दर्शकको माया भए भन्ने जवाफ फर्काएका थिए। उनले आफ्नो स्टाडम अनुसार नै यो सब कुरा गरेको प्रष्ट्याए।

२ करोड ५० लाखमा निर्माण हुन लागेको यो चलचित्रलाई पछिल्लो समयका व्यस्त निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेका छन्। चलचित्रका लागि गोविन्द शाही र सुदिप खड्काले लगानी गरेका छन्। यो चलचित्र तिहारपछि स्कटल्याण्ड र इंग्ल्यान्डमा छायांकन गरिने छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »