बलात्कारी बाबाका डेरामा थिए विषकन्या, जसले बाबाका लागि तयार पार्थे युवती

२८ भाद्र २०७४

banner

एजेन्सी । दुई साधु महिलामाथि बलात्कार गरेको आरोपमा २० वर्षको जेल सजाय पाएका बाबा राम रहिमका बारेमा दिनप्रतिदिन गोप्य रहस्य बाहिरीदै गएका छन्। 

पछिल्लो समय महिलामाथि यौन शोषण गर्नमा विषकन्याको समेत हात रहेको कुरा बाहिरीएको छ। सुन्दर युवतीलाई बाबाको गुफासम्म पुराउन ती विषकन्याको हात रहने गरेको खुलासा भएको हो। डेरामा बस्ने युवतीमध्ये सुन्दर युवतीलाई बाबाको ओछ्यानसम्म पुर्याउने, युवती तयार पार्ने तथा तथा बाबाको खानपिन देखि कपडासम्मको व्यवस्थाका लागि ती युवतीको हात रहने गरेको अनुसन्धानले देखाएको छ। 

डेरामा प्रवेश गर्ने हरेक युवतीमाथि विषकन्याको नजर रहने गरेको त्यहाँका एक अनुवायीले बताएका छन्। उनका अनुसार नपढेका र देख्दा सुन्दर युवतीलाई डेरामा खाना बनाउन देखि मञ्चमा पुगेर मनोरञ्जन दिनेसम्मका काम दिइन्थो। 

त्यसमध्ये अति सुन्दर युवतीलाई दोस्रा साधु युवतीदेखि टाडा राखेर बाबाका लागि तयार गरिदै आइएको थियो। सुन्दर युवतीलाई विषकन्याले यस्तो गल्र्स होस्टलमा राखिदिन्थे जहाँ बाबाको गुफाको सिधा पर्ने गरी। 

हरेक रात युवतीलाई बाबासँग पुर्याउनका लागि विषकन्याले सहयोग गर्दै आएको त्यहाँका अनुयायीको भनाइ छ। जुन कामका लागि पिताजीकी माफी बन्ने कोडभाषा प्रयोग गरिदै आइएको थियो। जुन शब्दको अर्थ बाबा राम रहिमसँग रामलिला रच्नु हुन्थ्यो।      
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »