भारतीय नम्बर प्लेट छोपिनेगरि प्रचारका गाडीमा राजपाको साइकल (फोटोहरु)

२८ भाद्र २०७४

banner

बारा। प्रदेश नम्बर दुईमा दलहरुको चुनावी प्रचार तीब्र छ।

यस अगाडिका दुई चरणका चुनावमा भाग नलिएको राजपा पनि यो चुनावमा सहभागी हुँदैछ। राजपाको चुनाव प्रचार प्रदेश दुईका आठवटा जिल्लामा प्रमुख दलसँगै टक्करमा चलिरहेको छ।

पार्टी र चुनाव चिन्ह दुबै नयाँ भएकोले राजपालाई यो चुनावमा दलसँगै आफ्नो चुनाव चिन्ह साइकल पनि स्थापित गर्नु पर्नेछ। राजपाले मागेको चुनाव चिन्ह भने छाता थियो।

छाता चिन्ह प्राप्त नभएपछि राजपा साइकिल लिएर चुनावी मैदानमा छ। सहरी क्षेत्रदेखि ग्रामीण भेगसम्म प्रचार अभियान बढाएका राजपासहितका दलहरुले प्रचारमा अनेक शैली अपनाएका भेटिन्छ।

यो पनिः

राजपाले चुनाव चिन्ह साइकिलको प्रचारकाक्रममा जिपको नम्बर प्लेट टाँस्ने ठाउँमा साइकल नै टाँसेको भेटियो।

भारतीय नम्बर प्लेटको हाइलक्स गाडीमा राजपाको झण्डा फहराएको थियो। नम्बर प्लेट छोपिने गरि साइकल नै अगाडि बाँधेर टाँसिएको थियो।

सबै तस्बिरः डिसी नेपाल
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »