युवामाथि प्रहरीको नजर परेपछि...

२८ भाद्र २०७४

banner

प्रतिनिधि तस्बिर

काभ्रेपलाञ्चोक । बाटोमा हिडिरहेका युवामाथि शंका लागेर प्रहरीले जाँच गर्दा उनीहरु साच्चिकै फन्दामा परे। 

चितवनको मंगलपुर–२ बस्ने ५२ वर्षीय दिपक लामा, काभ्रेको पाँचखाल नगरपालिका–१० बस्ने ४८ वर्षीय कान्छा सार्की र काठमाडौं महानगरपालिका–१ सितापाईला डेरा गरी बस्ने सोलुखुम्बुको भकन्जे–६ का ३१ वर्षीय ज्ञानबहादुर बस्नेतलाई २ केजी अबैध लागूऔषध चरेस सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ।

काभ्रेको बनेपा नगरपालिका–१४ स्थित काक्राबारी सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका लामा र सार्कीलाई जाँच गर्ने क्रममा उनीहरुको साथमा उक्त लागूऔषध फेला परे पश्चात् सोधपुछकाक्रममा बिक्रीमा संलग्न रहेका ज्ञानबहादुर बस्नेतलाई काठमाडौं माछापोखरीबाट प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »