यो दशैं तिहारमा खुशीको प्रारम्भ कलर्स सँग

२८ भाद्र २०७४

banner

कलर्स होम अपलायन्सले २०७४ सालको दशैं र तिहारलाई लक्षित गर्दै आफ्नो “खुशीको प्रारम्भ कलर्ससँग” योजना बजारमा ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले कलर्स ब्रान्डका प्रत्येक रेफ्रीजरेटर र सेमी औटोमेटीक वाशिंगमेशीनको खरिदमा कलर्सको ड्राई आइरन र चेष्ट फ्रीजर पाउन सक्ने छन् । त्यस्तै औटोमेटीक वाशिंगमेशीनको खरिदमा कलर्सको स्टिम आईरन प्राप्त गर्न सक्ने छन् । यसै गरी ४२ इन्चको समार्ट एलईड टीभीको खरिदमा कलर्सको १.८ लिको राइस कुकर तथा ३२ ईन्चको टीभीको खरिदमा कलर्सको बार फोन र २४ ईन्चको एलइडी टीभीको खरिदमा ८ जीबीको पेन ड्रइभ उपहार पाउन सकिने छ। 

कलर्स ब्रान्डका बिधुतीय सामानले नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै लोकप्रिय हुन सफल भएको छ। अत्याधुनिक र अन्तराष्ट्रिय प्रविधियुक्त हुनुका साथै घरायसी प्रायोजनका लागि सजिलो र आकर्षक भएकोले कलर्सका उत्पादनहरु नेपाली ग्राहकहरुको पहिलो रोजाइ हुन पुगेको हो । 

दशैं र तिहार योजनाका बारेमा सञ्चारकर्मीहरुसँग कुरागर्दै यूनिभर्सल इलेक्ट्रोकमका प्रमुख कार्यकारी निर्देशक ललित मिश्र भने," हाम्रो लक्ष्य भनेको अन्र्तराष्ट्रिय स्तरको ब्राण्ड स्थापना गर्नु हो जसले उपभोक्तावर्गको पैसाको सहि मूल्य प्रदान गर्दछ । हामी धन्य छौं कि छोटो अवधिमा नै हामीले त्यो लक्ष्य प्राप्त गरेका छौं र उपभोक्ता महानुभावहरुको विश्वास जित्न सफल भएका छौं । हाम्रो “खुशीको प्रारम्भ कलर्स सँग” योजनाको लक्ष्य नै ग्राहक महानुभावहरुले चाहेको जस्तो खुशीको सुरुवात गर्नु हो । मेरो कम्पनीको तर्फबाट म सबैजनालाई दशैं र तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।”
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »