प्रताप दासलाई कुरेकी एक फ्यानको व्यग्रता (फोटो फिचर)

२८ भाद्र २०७४

banner

काठमाडौं। लगनखेलमा नेपाल आइडल प्रतिस्पर्धी प्रताप दास आउने थाहा पाएपछि उनका सयौं समर्थक कार्यक्रम सुरू हुनु पहिले देखिनै भेला भएका थिए।

दासको व्यग्र प्रतीक्षामा रहेका फ्यानहरू प्रताप दासको स्टेज इन्ट्रीमै थमिएनन्। चर्को हुटिङ र नाराबाजीले प्रतापलाई उनीहरूले हौस्याए।

प्रताप..प्रताप..प्रतापको ध्वानी गुन्जियो। मिठो मुस्कानका धनी प्रताप स्टेजबाट मुस्काउँदै थ्यांक्यु भन्दै दर्शकमाझ खुलेर प्रस्तुत भए।

प्रतापले दर्शकका लागि मिठो स्वरमा गीत पस्किए। उनका गीतमा दर्शक वान्समोर...वान्समोर.. भन्दै हुटिङ गर्दै गरिरहे।

प्रताप ढाका टोपीमा निकै सुहाएका थिए।

प्रतापको तस्बिर लिएर उनको प्रतीक्षामा बसेकी एक युवतीको व्यग्रता हेर्न लायक थियो।

भिडियोमा प्रतापको प्रफरमेन्स हेर्नुस् यसरी तताए माहोलः

 

तस्बिरहरूः

Leave a reply

HTML Tags are not supported

Post My Comment »