प्रधानमन्त्रीले आचार संहिता उल्लघंन गरे, कारवाही गर्ने अवस्था छैनः यादव

२८ भाद्र २०७४

banner

काठमाडौं। निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचार संहिता उल्लघंन गरेको ठहर गर्दै प्रधानमन्त्रीलाई कारवाही गर्न मिल्ने अवस्था नरहेको जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचार संहित लागू गरिसकेपछि मन्त्रिपरिषद विस्तार गर्नु आचार संहिचाको उल्लघंन भएको र प्रधानमन्त्रीलाई कारवाही गर्न मिल्ने अवस्था नरहेको  प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जनाए।

निर्वाचन आचारसंहिता विपरित प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गरेकोमा सर्वत्र आलोचना भइरहेको छ। तर प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन गरेको विषयलाई लिएर आफू विवादमा आउन नचाहेको उल्लेख गरे।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन आचारसंहिता पालना गराउने निकाय आफैले उलंघन गर्नु हुन्न भन्ने मान्यतामा निर्वाचन आयोग रहेको जनाए। उनले आयोगको सम्पूर्ण ध्यान निर्वाचनलाई सफल बनाउन केन्द्रित भएको दाबी गरे।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन हुन नदिन आयोग सजग र सचेत रहेकोे उनको भनाइ छ।

उनले निर्वाचन आचारसंहिता व्यापक उलंघन भएको भन्ने भनाइमा सत्यता नरहेको दावी गरे। प्रमुख निर्वाचन आयुक्त  यादवले निर्वाचन आचारसहिता उलंंघन हुन नदिन आयोगले नियमनको कामलाई कडाइका साथ अघि बढाएको उल्लेख गरे।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन हुन नदिन आयुक्तहरुकै नेतृत्वमा अनुगमन टोलीनै परिचालन गरेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन हुन नदिन दवाव अभियान संचालन गर्न पनि नागरिक समाजसँग आग्रह गरे।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »