न्यायपरिषदद्वारा १९७ जिल्ला न्यायाधीशको सरुवा

२८ भाद्र २०७४

काठमाडौं। न्याय परिषद्ले  १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। न्याय परिषद बैठकले सर्वोच्चको न्यायाधीशका लागि तीन नाम सिफारिस पनि गरेको छ।

संघीय संसद र प्रदेश सभा चुनावका लागि निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा परिषदको बुधबार बसेको बैठकले न्यायाधीश सरुवाको निर्णय गरेको हो।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार न्यायाधीश सरुवाका लागि आयोगले सहमति दिएको छ।

न्याय परिषदले आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन आयोगलाई दिएको ७७ न्यायाधीशको नाम पनि सार्वजनिक गरेको छ। मुख्य निर्वाचन अधिकृतका लागि १० जिल्ला न्यायाधीश जगेडामा राखिएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »