मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ९८ पुग्यो

२८ भाद्र २०७४

banner

मेक्सिको सिटी (मेक्सिको)। मेक्सिकोमा गत सेप्टेम्बर ७ मा गएको ८.२ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९८ पुगेको कृषिमन्त्री जोसे क्याल्जादले मंगलबार जानकारी दिएका छन्।
मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा गत बिहीवार गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरूको उद्धार कार्य जारी रहेको छ। 

अधिकारीहरूले दिएको जानकरीअनुसार मंगलबारसम्म ९८ जनाको मृत्यु भएको छ। 

भूकम्पमा परी २ सयभन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले जनाएका छन्। यस भूकम्पबाट प्रभावित लाँखौ व्यक्तिलाई विद्यालयलगायतका शरणार्थी स्थलमा राखिएको छ। 

सन् २०१५ को सेप्टेम्बरयता विश्वमा गएका मध्येको सबैभन्दा शक्तिशाली भूकम्पको धक्का एक मिनेटसम्म महशुस गरिएको थियो। 

यहाँको इतिहासमा यो सबैभन्दा शक्तिशाली भूकम्प भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जानकारी दिएको छ। सिन्ह्वा 

Leave a reply

HTML Tags are not supported

Post My Comment »