विमलेन्द्र निधिलाई गृहनगर जोगाउनै धौधौ

२९ भाद्र २०७४

banner

धनुषा । नेपाली काग्रेसका शिर्ष नेतृत्वहरु यती वेला चुनावी प्रचारका लागी मधेशमा छन। सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली मधेशमा चुनावी प्रचारको क्रममा संचारमाध्यमहरुसंग प्रस्तुत हुदा एमालेप्रति आक्रामक देखिन्छ। सभापति देउवाका विश्वास पात्र नेताको रुपमा देखिएका विमलेन्द्र निधिले टिकक वितरण देखि अन्य भुमिकामा हावी भए पछि अन्य पक्षका दुई नम्बरका नेता कार्यकर्ताले त्यसको खुलेरै विरोध गरेका थिए।

तर निधिले पार्टीको दुई नम्बर भेलामा यस प्रदेशवाट काग्रेसले सय सिट जित्ने दावी गरेका थिए। चुनावी प्रचारका लागी धनुषामा रहदा दुई दिन अगाडी मात्र निधिले धनुषा सहित मधेशमा काग्रेसप्रति जनलहर चलेको दावी गरेका थिए। उनले मधेशवाट एमाले वढारिने दावी समेत गरे। तर नेता निधिको गृहनगर रहेको धनुषाको नगराईन नगरपालिकामा काग्रेस र एमाले विचमा मेयर पदका लागी कडा प्रतिस्पर्धा चलीरहेको छ।

स्थानिय धेरै जानकारहरुले यसपाली उक्त नगरको मेयरमा काग्रेस भन्दा पनि वढी एमालेले हत्याउन सक्ने आकंलन गर्छन। नगराईन बजारका पुराना चिया पसलले सविर अन्सारी काग्रेसको कार्यकर्ता भएको बताए। वुधवार विहान सबिर आफु काग्र्रसी भए पनि याहा अहिले सम्मको प्रतिस्पर्धामा एमाले अगाडी रहेका दावी गरे। धनुषा जिल्लाको दीक्षणी भेगमा रहेको यो नगरपालिका भारतीय नाका जटही संग जोडिएको छ। 

गएको दोस्रो संविधानसभाको निर्वाचन उक्त निर्वाचन क्षेत्रमा निधिलाई एमालेकी नेतृ जुली महासेठले कडा टक्कर दिएकी थिइन। १२ सय मतको अन्तरले मात्रै जितेका निधिले आफनो गृहनगरमा मेयर जिताउन सक्लान कि नसकिने हो भन्ने चर्चा नगराईन बजारको बहसको मुख्य मुद्धा अचेल बनेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »