यू-१९ एसिया कप क्रिकेट छनौट :  नेपाल र सिंगापुर भिड्दै

२९ भाद्र २०७४

banner

काठमाडौं । यू-१९ एसिया कप क्रिकेट अन्तर्गतको छनौट खेलमा अहिले नेपाल र सिंगापुरबीच खेल भइरहेको छ। 

मलेसियामा जारी खेलमा सिंगापुरले पहिले टस जितेर नेपालविरुद्ध ब्याटिङ सुरु गरेको छ।  

यसअघि भएका आफ्ना दुवै खेल जित्दै नेपाल र सिंगापुर प्रतियोगिताको सेमिफाइनल पुगेका हुन्। दुई समूह रहेको यो प्रतियोगिताको फाइनलमा पुग्ने टिम एसिया कपका लागि छनौट हुनेछन्। नेपालले यसअघि थाइल्याण्डलाई २ सय ५१ र भुटानलाई ९ विकेटले हराएको थियो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »