रोनाल्डोले बनाए च्याम्पियन्स लिगमा अर्को कीर्तिमान, मेस्सी परे पछि

२९ भाद्र २०७४

banner

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत यो सिजनको औपचारिक सुरुवात भइसकेको छ। गए राति भएका खेलमा साबिक विजेता रियल मड्रिड तथा टोटनह्याम र म्यानचेस्टर सिटीले जित निकाल्दै विजयी सुरुवात गरेका छन्।  

उक्त खेलमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाका स्टाइकर लियोन मेस्सीलाई उछिन्दै नयाँ किर्तिमान कायम गरेका छ। रोनाल्डोले बुधबार राति घरेलु मैदानमा भएको खेलमा साइप्रसको क्लब अपोल निकोसियालाई ३–० ले हराउने क्रममा दुई गोल गरे। 

उक्त गोलसँगै रोनाल्डो च्याम्पियन्स लिग अन्तर्गत घरेलु मैदानमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। उनले च्याम्पियन्स लिग अन्तर्गत घरेलु मैदानमा भएका खेलमा अहिलेसम्म ५५ गोल गरेका छन्।

रोनाल्डोले यसमा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई पछि पारेका हुन्। मेस्सीले घरेलु मैदानमा भएका खेलमा अहिलेसम्म ५४ गोल गरेका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »