अमेरिकी सांसदले पोर्न भिडियोमा लाइक गरेपछि...

२९ भाद्र २०७४

banner

बीबीसी। अमेरिकामा रिपब्लिकन पार्टीका एक सांसदको समाजिक संजालमा चर्को आलोचना भइरहेको छ। रिपब्लिकन सांसद टेड क्रुजले ट्विटर अकाउन्टबाट एक पोर्नेग्राफिक भिडियोलाई लाइक गरिएको छ। त्यसपछि उनको चर्चा चुलिएको छ।

टेड क्रुज तिनै सांसद हुन, जसले केही समय अगाडि ‘मास्टरबेशन’ अर्थात हस्तमैथुनमाथि प्रतिबन्ध लगाउने कानुनको समर्थन गरेका थिए। समाजिक संजाल प्रयोगकर्ताले उनको आलोचना त गरकै छन्, सँगै उनको मजाक पनि उडाएका छन्। सोमबार उनको ट्विटर अकाउण्टबाट एक पोर्न भिडियोलाई लाइक गरिएको छ। यद्यपी पोर्न भिडियोलाई लाइक गरेको समयमा उनको ट्विटर कसले चलाएको थियो भन्ने खुल्न सकेको छैन।

यस विषयम क्रुजले सुरुमा कुनै प्रतिक्रिया दिएका थिएनन्।  उनका सहयोगीले भनेका थिए, ‘ यस ‘आपत्तिजनक’ ट्विटलाई यस अकाउण्टबाट हटाइएको छ।’

पछि क्रुजले संचारकर्मीहरुसँग सो घटना आफ्ना स्टाफसँग सम्बन्धित भएको र त्यसको उद्देश्य गलत नभएको बताएका थिए।
भिडियोलाई चालिस मिनेटपछि अनलाइक गरिएको थियो। जतिबेलासम्म निकै ढिला भइसकेको थियो। भोलिपल्ट विहानसम्म सामाजिक संजालमा क्रुज ट्रेडिङमा आइसकेका थिए।  टेड क्रुज आफ्नो रुढीवादी विचारकालागि प्रसिद्ध छन्। सोही कारण स्थिति झन हास्यास्पद भएको थियो। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »