यू-१९ एसिया कप क्रिकेट छनौट : नेपाललाई चौँथो सफलता, किशोर र पवलले लिए दुई/दुई विकेट

२९ भाद्र २०७४

banner

काठमाडौं । यू-१९ एसिया कप क्रिकेट अन्तर्गतको छनौट खेलमा अहिले नेपाल र सिंगापुरबीच खेल भइरहेको छ। 

मलेसियामा जारी खेलमा सिंगापुरले पहिले टस जितेर नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ। अहिले नेपालले चौथो सफलता हात पारेको छ। नेपालका किशोर महतो र पवन शराफले दुई दुई विकेट लिएका छन्। 

यसअघि भएका आफ्ना दुवै खेल जित्दै नेपाल र सिंगापुर प्रतियोगिताको सेमिफाइनल पुगेका हुन्। दुई समूह रहेको यो प्रतियोगिताको फाइनलमा पुग्ने टिम एसिया कपका लागि छनौट हुनेछन्। नेपालले यसअघि थाइल्याण्डलाई २ सय ५१ र भुटानलाई ९ विकेटले हराएको थियो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »