यू-१९ एसिया कप क्रिकेट छनौट : सिंगापुरले दियो नेपाललाई ६८ रनको लक्ष्य

२९ भाद्र २०७४

banner

काठमाडौं । यू-१९ एसिया कप क्रिकेट अन्तर्गतको छनौट खेलमा नेपाललाई सिंगापुरले ६८ रनको रक्ष्य दिएको छ। 

मलेसियामा जारी खेलमा सिंगापुरले पहिले टस जितेर नेपालविरुद्ध ब्याटिङ सुरु गरेको थियो। नेपालका लागि आज पवन शराफले उत्कृष्ट प्रदर्शन गरे। उनी एक्लैले ६ विकेट लिए। त्यस्तै किशोर महतोले २ दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले एक एक विकेट लिए। 

यसअघि भएका आफ्ना दुवै खेल जित्दै नेपाल र सिंगापुर प्रतियोगिताको सेमिफाइनल पुगेका हुन्। दुई समूह रहेको यो प्रतियोगिताको फाइनलमा पुग्ने टिम एसिया कपका लागि छनौट हुनेछन्। नेपालले यसअघि थाइल्याण्डलाई २ सय ५१ र भुटानलाई ९ विकेटले हराएको थियो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »