यू-१९ एसिया कप क्रिकेट छनौट: नेपाल सिंगापुरसँग ७ विकेटले विजयी 

२९ भाद्र २०७४

banner

काठमाडौं । यू-१९ एसिया कप क्रिकेट अन्तर्गतको छनौट खेलमा सिंगापुरलाई हराउँदै नेपाल ७ विकेटले विजयी भएको छ। 

मलेसियामा जारी खेलमा पहिले टस जितेर ब्याटिङ रोजेको सिंगापुरले दिएको ६८ रनको रक्ष्य नेपालले १३ दशमलव ३ ओभरको खेलमा ३ विकेट गुमाउँदै पुरा गर्यो । यो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। 

नेपाललाई जिताउन सन्दिप सुनारले २०, अनिल कुमार साहले १८ तथा महमद आशिफ शेखले ६ रनको योगदान दिए।  सुमित महर्जन (१०) र  सन्दिप जोरा (७) नटआउट रहे।

यसअघि नेपालका लागि आज पवन शराफले उत्कृष्ट प्रदर्शन गरे। उनी एक्लैले ६ विकेट लिए। त्यस्तै किशोर महतोले २ दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले एक/एक विकेट लिए। 

नेपालले यसअघि थाइल्याण्डलाई २ सय ५१ र भुटानलाई ९ विकेटले हराएको थियो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »