सनी लियोनीका फ्यान थिए लादेन, सिआइएले खोल्यो यस्तो रहस्य

२९ भाद्र २०७४

banner

एजेन्सी। अमेरिकामा अहिलेसम्मकै सबैभन्दा ठूलो आतंकवादी आक्रमण गर्ने अल कायदाको प्रमुख ओसामा बिन लादेन पोर्नस्टार सनी लियोनिका फ्यान भएको रहस्य खुलेको छ । 

लादेनलाई अमेरिकाका सील कमाण्डोले २ मे २०११ मा पाकिस्तानको एबदाबादमा इन्काउन्टरमा मारेका थिए । यस क्रममा अमेरिकी कमाण्डोले लादेनको घरबाट थुप्रै गोप्य दस्तावेजहरु पनि बरामद गरेका थिए । यी दस्तावेजमध्ये पोर्न फिल्महरुको एउटा कलेक्सन पनि भएको बताइएको छ । 

लादेनको घरबाट बरामद भएका दस्तावेजहरु सार्वजनिक गर्न अमेरिकी जासुसी संस्था सिआइएले अस्वीकार गरेको थियो । यी दस्तावेजहरु छिटै सार्वजनिक गरिने अहिले आएर सिआइएले जानकारी दिएको छ । तर सिआइएले पोर्न सिडीहरु भने सार्वजनिक नगर्ने बताएको छ । यी सिडीहरु अधिकांश सनी लियोनीको भएको बताइएको छ । निर्देशक दिलिप मेहताले बनाएको सनी लियोनीको जीवनमा आधारित डकुमेन्ट्री ‘मोस्टली सनी’मा पनि यो कुराको उल्लेख छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »