यी बलिउड स्टारसँग फिल्म खेल्न चाहन्थिन् हनीप्रीत, यस्तो थियो हिरोइन बनाउने बाबाको योजना

२९ भाद्र २०७४

banner

चण्डीगढ। यौन शोषणको आरोपमा जेल गएका बाबा राम रहीमकी छोरी भनिएकी हनीप्रीत चर्चामा छिन् । यही क्रममा हनीप्रीतबारे अर्को खुलासा भएको छ । बाबाले हनीप्रीतलाई बलिउडकी हिरोइन बनाउन बनाएको योजनाको खुलासा भएको हो । बाबाका नातेदार र पूर्व डेराप्रेमी भूपेन्द्र गोराले मिडियासँग कुराकानी गर्दै यस्तो खुलासा गरेका हुन् । 

भूपेन्द्रका अनुसार हनीप्रीत अक्षय कुमारसँग फिल्म खेल्न चाहिन्थन् । यसका लागि बाबा राम रहीम अक्षय कुमारसँग कुरा गर्नेवाला थिए । हनीप्रीत अक्षयसँगै सलमानसँग पनि फिल्म खेल्न चाहिन्थन् । बाबाले हनीप्रीतका हरेक इच्छा पूरा गर्ने बताइएको छ । हनीप्रीतका लागि बाबाले मुम्बइमा चार विलासी फ्ल्याटसमेत किनेको बताइएको छ । 

हनीप्रीतलाई बलिउडमा आउन यतिसम्म चाहना थियो कि उनी इण्डियन फिल्म एसोसिएसनकी आजीवन सदस्य बनिसकेकी थिइन् । उनी एसोसिएसरमा निर्देशक र अभिनेत्रीको रुपमा दर्ता भएकी थिइन् । राम रहीम हनीप्रीतका लागि बलिउडबाट अगाडि बढेर हलिउडमा फिल्म बनाउन चाहन्थे । बाबाले फिल्म बनाउनुको पछाडि निकै ठूलो खेल थियो । यो खेलबाट बाबाले कालो धनलाई सेतो बनाउँथे । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »