घरभित्र घुसेर युवतीको बलात्कारको प्रयास, प्रतिकार गर्न खोज्दा जिउँदै जलाइयो

२९ भाद्र २०७४

banner

एजेन्सी । घरमै घुसेर युवतीको बलात्कारको प्रयासपछि एक व्यक्तिले युवतीलाई जिउँदै जलाएका छन्। जिउँदै जलाइएकी युवतीको उपचारका क्रममा अस्पतालमा ज्यान गएको छ। 

यो घटना भारतको उत्तर प्रदेशस्थित कौशाबी जिल्लाको हो। युवतीले बलात्कारको विरोध गर्दा घर भित्र घुसेका ती व्यक्तिले युवतीलाई जिउँदै आगो लगाएका थिए। 

कोखराज नाम गरेका एक व्यक्ति १४ वर्षीया ती युवतीको घरमा घुसेर बलात्कारको प्रयास गरेका थिए। तर युवतीले बलात्कारको विरोध गर्न लागिन । त्यसपछि ती व्यक्तिले मट्टीतेल युवतीमाथि खनाए र आगो लगाइदिए।  
 
युवतीको चिच्चावट सुनेपछि दौडिदै पुगेकी हजुरआमालाई पनि ती व्यक्तिले कुटपिट गरे। दुबै जना चिच्याउन थालेपछि आरोपी त्यहाँबाट भागेका थिए। नजिकका छिमेकीले युवतीलाई अस्पताल पुर्याएका थिए। तर उपचारका क्रममा युवतीको ज्यान गएको थियो। 
परिवारले दिएको निवेदनपछि प्रहरीले अरोपी युवकलाई पक्राउ गरेको छ।        
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »