उत्तर कोरियाले फेरि जारी गर्यो खतरनाक बयान

२९ भाद्र २०७४

banner

सोल। उत्तर कोरियाले बुधबार संयुक्त राष्ट्रंघ सुरक्षा परिषदद्वारा पारित प्योङयाङमाथि लगाएको आर्थिक नाकाबन्दीलाई गम्भीर रुपको उत्तेजक र आर्थिक नाकाबन्दीको संज्ञा दिएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उत्तरक कोरियाली विदेश मन्त्रालयले भनेको छ, ‘नयाँ प्रतिबन्ध गम्भीरबाट उत्तेजक छ, जसको उद्देश्य देशको आत्मरक्षाकालािग आफ्नो वैध अधिकारबाट वंचित गर्नु हो र आर्थिक नाकाबन्दी देश र उसका जनतालाई चोट पुर्याउनु हो।’

उत्तर कोरियाली समाचार संस्था केसीएनएद्वारा प्रकाशित विज्ञप्तिमा स्पष्ट रुपमा आफूमाथि लगाइएको प्रतिबन्धलाई खारेज गर्दै परमाणु हतियार कार्यक्रमलाई उत्तर कोरियाको संकल्पको रुपमा अगाडि बढाउने उल्लेख छ। विज्ञप्तिमा मुलुकको सार्वभौमिकता र अस्तित्वको अधिकारको सुरक्षाकालागि आफ्नो सम्पूर्ण शक्ति लगाउने उल्लेख छ। 

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले लगातार परमाणु परीक्षणको विरुद्ध सोमबार सर्वसम्मतिबाट उत्तर कोरियाको अर्थव्यवस्थालाई कमजोर बनाउन नयाँ प्रतिबन्ध लगाएको थियो। जसमा प्योङयाङलाई पेट्रोलियम आयत सीमित गर्ने र कपडा निर्यातमाथिको प्रतिबन्ध पनि सामेल छ। 
अमेरिकाको चेतावनीलाई बेवास्ता गर्दै उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको थियो। भूकम्प सम्बन्धि जानकारी दिने संस्थाले उत्तर कोरियाको मुख्य परमाणु स्थल नजिकै ६ दशमलव ३ रेक्टरस्केलको कम्पन भएको जनाएको थियो।

त्यसपछि दक्षिण कोरियाले पनि सो परीक्षणको पुष्टि गर्दै हाइड्रोजन बमको परीक्षण सफल भएको जनाएको थियो। सो हाइड्रोजन बम उत्तर कोरियाको लामो दूरीको मिसाइलमा फिट गर्न सकिने रहेको संचारमाध्यमले उल्लेख गरेका छन्। 

समाचार संस्था एएफपीका अनुसार सो विस्फोटको शक्ति उत्तरले यसअघि गरेको पाँचौं परीक्षण भन्दा ९ दशमलव ८ गुना धेरै र प्रभावशाली थियो। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »