हनीप्रीत नेपाल छिर्दा भारतीय प्रहरीमा हंगामा, यो हो हनीप्रीत नेपाल छिर्ने बाटो

२९ भाद्र २०७४

banner

काठमाडौं। बलात्कारी बाबाकी विश्वासपात्र हनीप्रीत नेपालमा भएको खबरले भारतीय प्रहरीमा हंगामा भएको छ । इन्टेलिजेन्सका अनुसार हनीप्रीत नेपाल छिरिसकेको भारतीय प्रहरीको विश्वास छ । हनीप्रीत नेपाल छिरेको खबरले प्रहरीमा हल्लाखल्ला भएको भारतको लोकप्रिय पत्रिका दैनिक भाष्करले लेखेको छ । 

भाष्करका अनुसार हनीप्रीत बिहारको जोगबनी नाका हुँदै नेपाल छिरेको हुनसक्ने सम्भावना बलियो छ । हनीप्रीत नेपाल छिरिसकेको वा छिर्नै बाँकी छिन् भन्ने विषयमा अहिलेसम्म विश्वासका साथ भन्न नसकिएको जनाइएको छ । हनीप्रीत नेपाल नछिरेको भएमा पनि जोगबनी नाका नै प्रयोग गर्न सक्ने प्रहरीले अनुमान गरेको छ । हनीप्रीतकै कारण नेपाल भित्रिने लामो तथा छोटो दूरीका सवारीमा निगरानी बढाइएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »