बलात्कारी बाबाकी छोरीका कारण प्रवासी नेपालीलाई आपत

२९ भाद्र २०७४

banner

काठमाडौं। फरार रहेकी भनिएकी बलात्कारी बाबा राम रहीमकी छोरी हनीप्रीतका कारण परदेशिएका नेपाली समस्यामा परेका छन् । हनीप्रीतका कारण रोजगारीका लागि भारत गएका नेपालीहरुलाई समस्या भएको हो । दशैंको मुखमा घर फर्किन चाहने भारतमा रहेका नेपालीहरु समस्यामा परेका हुन् । 


फरार रहेकी हनीप्रीत भागेर नेपाल छिरिसकेको वा नेपाल छिर्न सक्ने भन्दै भारतीय प्रहरी, सीमा सुरक्षा बलले सुरक्षा जाँच बढाएको छ । जसका कारण नेपाल सीमातर्फ आउने बस तथा ट्रेनहरुमा छापा मार्ने क्रम बढिरहेको छ । यसरी गरिएको खोजतलासीको सीधा प्रभाव नेपालीहरुलाई परेको छ । नेपाल छिर्न चाहने नेपालीहरु भारतीय सुरक्षाकर्मीको अत्याधिक चेकजाँच र सोधपुछले गर्दा निकै तनावमा परेका छन् । नेपाल छिर्ने नाकामा सुरक्षा बल केन्द्रित हुँदा नेपालीहरुलाई पनि अत्यन्तै शंकाका दृष्टिले हेर्ने क्रम बढेको बताइएको छ । भारतीय प्रहरीले हनीप्रीत बिहारको जोगवनी नाकाबाट नेपाल छिरिसकेको वा छिर्न सक्ने अनुमान गरेको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »