आयोगका गतिविधि शंकास्पद रहेको भन्दै एमालेको आपत्ति

२९ भाद्र २०७४

banner

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन आयोगका पछिल्ला गतिविधिले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको निष्पक्षतामाथि नै सन्देह उत्पन्न गराएको आरोप लगाएको छ। 

एमालेका नेता अग्नी खरेलले सरकारले निर्वाचनको मुखैमा जिल्ला न्यायाधीशको सरुवा गरेर निर्वाचनको निष्पक्षतामाथि नै सन्देह उत्पन्न गराउने काम हुँदा समेत निर्वाचन आयोग मौन बसेको भन्दै आपत्ति जनाए। बुधबार बसेको न्यायपरिषद बैठकले निर्वाचन आचारसंहिता विपरित १ सय ९७ जना जिल्ला न्यायाधीशलाई सरुवा गरेकोमा एमालेको आपत्ति छ।

बिहीबार निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलहरुबीचको छलफल कार्यक्रममा बोल्दै एमाले नेता खरेलले निर्वाचनको मुखैमा निर्वाचन आयोगले सरकार र सत्तारुढ दलहरुको पक्षपोषण गरिरहेको आरोप पनि लगाए। उनले निर्वाचन आयोगका पदाधिकारीहरुलाई पहिलो र दोस्रो तहको स्थानीय तह निर्वाचन सम्पन्न गराउने सक्ने मुख्य निर्वाचन अधिकृतहरुले तेस्रो चरणको निर्वाचन गराउन नसक्ने अवस्था कसरी उत्पन्न भयो भनि प्रश्न गरे।

उनले सरकार आचारसंहिता विपरित काम गर्ने अनि निर्वाचन आयोग मौन बस्ने अवस्थाले प्रदेश नम्बर २ को निर्वाचनलाई शंकास्पद बनाइ दिएको तर्क गरे। नेता खरेलले जिल्ला न्यायाधीशको सरुवा नगर्न आफ्नो पार्टीले निर्वाचन आयोगको पटक पटक ध्यानाकर्षण गराउँदै आएको उल्लेख गरे। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »