मधेसमा एमाले विरोधी भावना स्थापित भएका कारण कांग्रेस पहिलो दल हुने दाबी

२९ भाद्र २०७४

banner

काठमाडौं। नेपाली काँग्रेसले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बन्ने दावी गरेको छ।  काँग्रेस केन्द्रीय प्रचार–प्रसार समन्वय उपसमितिले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी गरेको हो।

पार्टी नेता एवम् उपसमितिका संयोजक रमेश लेखकले धेरैजसो स्थानीय तह निर्वाचनमा काँग्रेसले अत्याधिक बहुमत ल्याएर विजयी हुने अवस्था निर्वाचन अभियानमा क्रममा पाइएको दाबी गरे।

उनले मधेशमा एमाले विरोधी भावना स्थापित भएको र संविधानमा मधेशको भावनालाई समेटने पहल, प्रयत्न र नेतृत्व गरेकै कारण काँग्रेस पहिलो शक्ति बन्ने आधार भएको जिकिर गरे। 

संयोजक लेखकले शत्रुतापूर्ण व्यवहार गरेकै कारण एमाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा कमजोर देखिएको तर्क गरे । उनले मधेशका जनताको भावनालाई समेटेर संविधानको स्विकार्यता बढाउने काम गरिरहेकाले पनि मधेशका जनता काँग्रेसको पक्षमा उभिएको दावी गरे। 
निर्वाचनमा पहिलो दल बन्ने उद्देश्यले यतिबेला नेपाली कांग्रेसका शीर्ष नेता मधेस दौडाहामा रहेका छन्।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायतका नेता यतिबेला तराइका जिल्लामा छन्। आगामी सोमबार प्रदेश नम्बर २ अन्तरगतको १ सय ३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »