उता डुंगा पल्टिएर १९ जनाको मृत्यु, यता गाडीमा तोडफोड

२९ भाद्र २०७४

banner

पटना। भारतको उत्तर प्रदेशमा यमुना नदीमा डुंगा पल्टिएर १९ जनाको मृत्यु भएपछि आक्रोशित जनताले सडकमा उत्रिएर गाडीमा तोडफोड गरेका छन् । घटनास्थलमा पुगेको सरकारी टोलीमाथि रिस पोख्दै जनताले यस्तो गरेका हुन् । आज बिहान यहाँ यमुना नदीमा यात्रुले भरिएको डुंगा पल्टिएको थियो । 


बिहीबार बिहान सो दुर्घटना भएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । बाग्पतको प्रहरीले दिएको समाचारअनुसार सो डुंगामा रहेकामध्ये धेरैजना हराएका छन् । उनीहरुको खोजी जारी रहेको भए पनि जिवीतै भेट्ने सम्भावना भने कम रहेको प्रहरीको भनाई छ । 

सो डुंगामा ६० जना व्यक्ति रहेका थिए । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा उक्त डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको कारण डुब्न पुगेको हो ।  उक्त डुंगा दुर्घटनापछि डुबेका १९ वटा शव भेटिएको छ । अरु १२ जनालाई जिवीतै उद्वारगरी उपचारार्थ अस्पताल भर्ना गरिएको छ । प्रहरी र अन्य उद्वारकर्मीहरुले हराएका ती ३० जनाको खोजी जारी राखेका बाग्पत प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीकाअनुसार उनीहरुको जिवीतै उद्वारका लागि सक्दो प्रयास गरिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्रीले सो दुर्घटनाबाट ज्यान गुमाउने व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । 

भिडियो हेर्नुहोस् -


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »