ठमेलमा गलत धन्दा चल्दै गरेको सूचना प्रहरीमा आएपछि...

२९ भाद्र २०७४

banner

काठमाडौं। प्रहरीलाई ठमेलमा शंकास्पद गतिबिधि हुँदै गरेको देखेका कसैले फोन गरे। प्रहरी तत्काल ठमेलको तयो लोकोसनतिर मुभ भयो। हुलिया हेरेर प्रहरीले शंकास्पद गतिबिधि गर्नेलाई पहिचान गर्यो र तत्काल नियन्त्रणमा लियो।

राजधानीमा लागूऔषधको कारोबार व्यापक हुने गरेपनि देख्ने प्रत्यक्षदर्शीले प्रहरीमा खबर गर्ने संस्कार त्यति धेरै छैन। तर प्रहरीले खबर पायो भने त्यस्ता गतिबिधि नियन्त्रण गर्न तत्काल घटनास्थलमा पुग्छ भन्ने यो उदाहरण हो।

काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोकको घुम्ताङ्ग गाउँपालिका–७ का २३ वर्षीय रामबहादुर मगर र काठमाडौं नक्साल बस्ने दाङ्गको घोराही नगरपालिका–४ का २६ वर्षीय सागर शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अवैध लागूऔषध फेनारगन ५५ एम्पुल, डाइजेल्याब ५५ एम्पुल, नुफिन ५५ एम्पुल तथा अमेरिकी १० डलर, मलेसियन ५ रिङ्गेट र नेपाली रुपैयाँ १ हजार २ सय २० सहित बुधबार प्रहरीले उनीहरलाई पक्राउ गरेको जनाएको छ।

काठमाडौं महानगरपालिका–२६ ठमेलमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले शंकास्पद रुपमा रहेका मगर र शर्मालाई जाँच गर्ने क्रममा उनीहरुबाट उक्त परिमाणको लागूऔषध फेला परेको हो।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »