हत्कडीमै भागेका अभियुक्त भेटिदा पनि हत्कडीमै

२९ भाद्र २०७४

banner

सोलुखुम्बु। हत्कडी सहित फरार अभियुक्त अन्ततः हत्कडी बाँधिएकै आवस्थामा फेला परेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ बस्ने १८ वर्षीय युबराज राई र सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१ टाकसिन्दु बस्ने १८ वर्षीय रोशन तामाङलाई खुम्बु पासाङल्हामु गाउँपालिका–२ पाखेपानीबाट बुधबार हतकडी सहित प्रहरीले पक्राउ गरेको छ।

दुधकुण्ड नगरपालिका–५ का खुम्बु पासाङल्हामु गाउँपालिका–४ ट्याङजु बस्दै चन्दा संकलन गरी स्थानीय गोरेटो बाटो बनाउँदै समाज सेवा गर्दै आएका पासाङ शेर्पाको चन्दाको बाकस तथा झोलामा रहेको नगद २६ हजार र कागजपत्रहरू भदौ २३ गते चोरी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय नाम्चेको नियन्त्रणबाट फरार रहेका अभियुक्त राई र तामाङलाई प्रहरीले हतकडी सहित फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »