खेलको माध्यमबाट अनुसाशित नागरिक बनाउनेः मन्त्री केसी

२९ भाद्र २०७४

banner

काठमाडौं। युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलकुदकै माध्यमबाट मुलुकमा अनुशासित नागरिक बनाउन सरकार लागि परेको बताएका छन्।

मन्त्री केसीले मुलुकको प्रतिष्ठालाई अझै उचाइमा पु¥याउन नेपाली खेलाडीहरु सक्षम हुने विश्वास व्यक्त गरे। बिहीबार आगामी असोज १२ गतेदेखि १५ गतेसम्म क्यानडामा आयोजना हुने ‘सातौं कराँते डो गोजु काई ग्लोबल च्याम्पियनसीप प्रतियोगिता’ मा सहभागी हुने खेलाडीहरुको विदाई समारोहमा बोल्दै उनले सरकार खेलकुदमै माध्यामबाट मुलुकको प्रतिष्ठा उचाईमा पु¥याउन क्रियाशील रहेको दावी गरे।

मन्त्री केसीले सरकार नेपालका प्रतिभावान खेलाडीहरुलाई आवश्यक सेवा सुविधा उपलब्ध गराएर राष्ट्रलाई विश्वभर परिचित गराउन लागि पर्ने प्रतिवद्धता  व्यक्त गरे। 

प्रतियोगितामा नेपाल गोजुकाई कराँते डो संघको तर्फबाट ५ जना खेलाडीहरु नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुनेछन्। प्रतियोगितामा टिम म्यानेजरको जिम्मेवारी अशोककुमार पाण्डेलाई दिइएको छ । त्यसैगरी इन्द्रबहादुर शाही खड्गेलाई रेफ्री, श्यामकृष्ण बाटालाई कोचको रुपमा प्रतियोगितामा सहभागी हुनेछन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »