भोलि राति १२ बजेपछि मौन अवधि सुरू हुने

२९ भाद्र २०७४

banner

काठमाडौं। स्थानीय तहको तेस्रो चरणमा प्रदेश दुईमा आगामी असोज २ गते हुने निर्वाचनका लागि भोलि राति१२ बजे अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार तथा संचारमाध्यमले चुनाव प्रसारमा संलग्न हुन नपाइने आयोगले जनाएको छ।  

अयोगले मौन अवधि सुरु भएपछि  निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाउनु पर्न आयोगले जनाएको छ।

यसैगरी एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न  नपाइने,  उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नपाइने र    उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न  नपाइने आयोगले जनाएको छ। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »