रागिनी एमएमएसकी हिरोइनले वेटरसँग यस्तो अश्लील माग गरेपछि...

२९ भाद्र २०७४

banner

मुम्बइ। आज ट्रेलर रिलिज भएको फिल्म रागिनी एमएमएस रिटन्र्सकी हिरोइन् रिया सेन अहिले चर्चामा छिन् । यो फिल्मको एक हट र बोल्ड सिन लिक भएपछि उनी चर्चामा आएकी हुन्। लिक भएको क्लिपमा रिया अभिनेता निशान्त मलकानीसँग निकै बोल्ड अवस्थामा देखिएकी छिन् । 

तर, रिया कन्ट्रोभर्सीमा परेको यो पहिलो पटक भने होइन । उनी यसअघि पनि यस्ता विवादमा परिसकेकी छिन् । अन्तरवार्तामा आफू निकै सेक्सी भएकोले युवतीहरु पनि आफूप्रति आसक्त हुने बताएकी रियासँग गएको मार्चमा मुम्बइको एउटा रेष्टुरेण्टमा यस्तै घटना भएको थियो । त्यतिबेला रिया मुम्बइ अंधेरीको एउटा रेष्टुरेण्टमा गएकी थिइन् । 

यहाँ पुग्दा रिया थाकेकी देखिन्थिन् । त्यही क्रममा मेनु हेरिरहेकी रियालाई अण्डा खान मन लागेछ । अनि उनले वेटरसँग भनिन् ‘कुड आइ ह्याभ सम सेक्स प्लीज’ । उनले यति भन्नासाथ वेटरको अनुहार लाजले रातो भयो । तत्कालै रियालाई आफ्नो गल्ती महसुस भयो । उनले तत्कालै सुधार गर्दै फेरि भनिन् ‘कुड आइ ह्याभ सम एग्स प्लीज । यतिबेला वेटर त केही बोलेनन् तर रिया भने निकै हाँसिन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »