मध्यरातमा छोरीको कोठामा केटाको आवाज, यसकार जेसुकै मान्न विवश थिइन् छोरी

२९ भाद्र २०७४

banner

मध्यरातमा छोरीको कोठाबाट केटा बोलेको आवाज आएपछि हेर्न गएका बाबुआमाले छोरीलाई छिमेकी युवकसँग आपत्तिजनक अवस्थामा भेटे । सुरुमा उनीहरुलाई दुईबीच प्रेम भएको जस्तो लाग्यो । तर, वास्तविकता अरु नै थियो । बाबुआमालाई सत्य थाहा पाउन केही समय लाग्यो । 

वास्तवमा ती छोरी एक भिडियोको कारण ती युवकले जे भन्यो त्यही मान्न विवश थिइन् । ती युवकले केही दिनअघि ती किशोरीलाई बलात्कार गरेका थिए । युवकले बलात्कारको भिडियो रेकर्ड गरेर विभिडो सार्वजनिक गर्ने धम्की दिँदै किशोरीलाई ब्ल्याकमेल गरेर यौन शोषण गरिरहेका थिए । गाउँका ती युवकले पहिलेदेखि नै ती किशोरीलाई खराब दृष्टिले हेर्ने गरेका थिए । 

भिडियो बनाएपछि ती युवकले ती किशोरीलाई आफूले जसरी मन लाग्छ त्यसरी प्रयोग गर्ने गरेका थिए । आइतबार उनको रहस्य खुल्यो । छोरीलाई न्याय दिलाउन पीडित किशोरीमा मातापिताले पञ्चायत बोलाए । तर पञ्चायतले उल्टै ती किशोरीको चरित्रमाथि नै प्रश्न उठाउँदै उनका पिताले ३१ हजार जरिवाना तिर्नुपर्ने फैसला सुनायो । घटना भारतको बिहारको हो । अहिले शिोरीका अभिभावक प्रहरीमा पुगेका छन् । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »