उत्तर कोरियाको जापानलाई डुबाइदिने, अमेरिकालाई खरानी बनाइदिने धम्की

२९ भाद्र २०७४

banner

सोल। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आफूमाथि नाकाबन्दी लगाएपछि रिसाएको उत्तर कोरियाले जापानलाई डुबाइदिने र अमेरिकालाई खरानी बनाइदिने धम्की दिएको छ । छैटौं परमाणु परीक्षणपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामा आपूर्ति हुने तेलको परिमाणलाई ३० प्रतिशतले घटाइदिएको थियो । यही रिसमा उत्तर कोरियाले जापान र अमेरिकालाई धम्की दिएको हो ।


एसिया प्यासिफिक पिस कमिटीले पनि प्रतिबन्ध लगाउने सुरक्षा परिषद्को कडा शब्दमा निन्दा गरेको थियो । कमिटीले सुरक्षा परिषदलाई राक्षसको हतियारको संज्ञा दिँदै परिषद अमेरिकाको हातमा बिकीसकेको र यहाँबाट अमेरिकाले आफूले चाहेअनुसार फैसला गराउने आरोप लगाएको थियो । उत्तर कोरियाको सरकारी संचारमाध्यमबाट जारी बयानमा कमिटीले भनेको छ – ‘नजिकै भएको जापान हामीलाई चाहिएन । उसका चार द्वीपलाई परमाणु हमला गरेर डुबाइदिन्छौं । अमेरिकालाई अन्धकार र खरानीमा बदलिदिन्छौं ।’ उत्तर कोरियाले जापानलाई अमेरिकाको इशारामा नाच्ने कठपुतली बताएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »