डलर साटने प्रलोभनमा डेढ लाख गुम्यो

३० भाद्र २०७४

banner

काठमाडौँ । डलर साटिदिने भन्दै कागज दिएर एक लाख ५० हजार नगद लिई दुई अपरिचित फरार भएका छन्। 

डलर साटिदिने प्रलोभन देखाई दुई अपरिचितले दोलखास्थित भिमेश्वर नगरपालिका-६ घर भई हाल काठमाडौं बालाजु बस्दै आएका २२ बर्षीय प्रकाश खत्रीको नगद १ लाख ५० हजार रुपैयाँ लिएर फरार भएका थिए। 

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी ओरालोमा बिहीबार २ जना अपरिचित व्यक्तिले खत्रीलाई डलर साटिदिन्छु भनि कागज दिई उक्त नगद लिएर भागेको प्रहरीले जनाएको छ। 

फरार व्यक्तिहरुको प्रहरीले खोजी भइरहेको प्रहरीले जनाएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »