रामेछापमा बस दुर्घटना

६ आश्विन २०७४

banner

काठमाडाैं । रामेछापमा बस दुर्घटना भएकाे छ। रामेछापको वावियाखर्कमा भएकाे दुर्घटनमा तीनजनाकाे ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ।

मृत्यु हुनेमा एक पुरुष र दुई महिला छन्। रामेछाप भंगेरीका दिपक श्रेष्ठ र नाम ठेगाना नखुलेका दुई महिलाकाे ज्यान गएकाे हाे।

१७ जना यात्रु घाइते छन्। उनीहरूकाे मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भईरहेको छ। 

रामेछापको च्यास्कुबाट काठमाडौंका लागि यात्रु लिएर हिडेको बा २ ख ६३७५ नम्बरको हिमाल तराई यातायातको बस सडकबाट करिब ५० मिटर तल खसेको हो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »