कतारमा नेपाल आइडलको स्टेजमा जे देखियो (फोटोफिचर)

७ आश्विन २०७४

banner

काठमाडौँ। सर्वाधिक रुचाइएको नेपाली टेलिभिजन एपीवानको प्रस्तुती रियालिटी 'शो' नेपाल आइडलको ग्रान्ड फिनाले कतारको दोहामा सम्पन्न भएको छ।

नेपाल आइडलको ग्रान्ड फिनालेका लागि प्राविधिक टोलिसहित नेपाल आइडलको समुह कतार पुगेको थियो। कतारमा सम्पन्न कार्यक्रम हेर्न नेपालीको उत्साहजनक सहभागिता रहेको थियो।  

कतारमा सम्पन्न भएसँगै प्रथम नेपाल आइडलकोउपाधि बुद्ध लामाले पाएका छन्। फस्ट रनर अप निशान भट्टराई र सेकेन्ड रनर अप भने प्रताप दास भएका छन्। 

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन्।

यसैगरी निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाए।

बिजेता लामाले २० लाख नगद सहित महिन्द्र केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन्। निशान भट्टराईले १५ लाख नगद  र प्रताप दासले १० लाख  पाएका छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »