सिद्धबाबामा पहिरो खस्दा कार र ट्रक पुरिए, दशैंमा घर हिँडेका यात्रुको ज्यान गयो

७ आश्विन २०७४

banner

बुटबल । रुपन्देहीको सिद्धबाबा सडकमा पहिरो खस्दा ट्रक र कार पुरिएका छन्। तिनाउ गाउँपालिका दोभानको हेडबक्स भन्ने स्थानमा खसेको पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ। 

दशैंमा घर जान हिँडेका यात्रु चढेको ट्रक र कार च्यापिएका हुन्। ज्यान गुमाउनेको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। अहिले पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गरिएको छ। 

पहिरोमा लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरिएका हुन्। पहिरोले ट्रक र कार टुक्राटुक्रा भएका छन्। पहिरोमा अन्य व्यक्ति पनि पुरिएको प्रहरीको अनुमान छ। पहिरो ठूलो भएकाले उद्धार गर्न नसकिएको प्रहरीकोे भनाइ छ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »