गस्तीको प्रहरीलाई मोटरसाइकल माथि शंका लागेपछि...

८ आश्विन २०७४

banner

रौतहट । गस्तिका प्रहरीले एउटा शंकास्पद अवस्थाको मोटरसाईकल देखे, त्यो पनि भारतीय नम्बर प्लेटको। मोटरसाइकलका धनी आसपास थिएनन्। प्रहरीले जाँच गर्दा शंका साँचो ठहर भयो।

रौतहट ईशनाथ नगरपालिका–४ मौलियास्थित शहिद गेट नजिक बेवारिसे अवस्थाको मोटरसाइकल र त्यसमा रहेको लागूऔषक प्रहरीले जफत गरेको छ। भारतीय नम्बर प्लेट बि.आर ०७ एम ८१९७ नम्बरको मोटरसाइकलबाट ६ के.जी. गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको छ।

सीमा प्रहरी चौकी बन्जराहा र प्रहरी चौकी मठियाबाट खटिएको संयुक्त गस्ती टोलीले शनिबार उक्त मोटरसाइकलमा प्लाष्टिकको झोलामा झुण्डाई राखेको अवस्थामा गाँजा फेला पारेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

याे पनिः

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »