राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभिन्न शक्तिपीठमा पूजाअर्चना (फोटो फिचर)

१२ आश्विन २०७४

banner

काठमाडौँ। बडादशैँको महाअष्टमीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले आज उपत्यकाका शक्तिपीठहरुको दर्शन र पूजा अर्चना गरेकी छन्।

राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महाँकाल, संकटा, नरदेवी, इन्द्रयणी र शोभाभगवतीमा पूजाआजा एवं दर्शन गरिन्। मन्दिरका पुजारीबाट राष्ट्रपति भण्डारीले फूलप्रसाद ग्रहण गरेकी थिइन्।

नवदुर्गाको विशेष पूजा गरी आश्विन शुक्ल अष्टमीका दिन शक्तिपीठमा दर्शन गरे वर्षभरिका लागि आध्यामिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ। 

त्यसअघि आज बिहान राष्ट्रपति भण्डारीले काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीमा पनि दर्शन र पूजा अर्चना गरेकी थिइन्।

तस्बिरः रत्न श्रेष्ठ/रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »