आमा यिनीहरुलाई माफ दिनुस (दुर्गा मातालाई सम्झदै  एक जनावर)

१३ आश्विन २०७४

banner

जगन्नाथ डाँडा कटेरी , आमा म किन यो संसारमा जन्मे मलाई थाहा छैन । म तपाईलाई चिन्दछु अनि यी मानवलाई पनि चिन्दछु । मलाई यति माया गर्छन् कि यी मानवका छोरा छोरीले त्यो बारेमा म अलमल नै छु  । म सधै घाँस खाएर जंगलमा बस्छु मानिसलाई मैले कहिल्यै दुख दिएको छैन । बरु यी  मनुष्यलाई दुध दिएर यिनका छोराछोरीलाई अनि यिनकोआफ्नै पेट लाई पनि सहयोग गरेकै छु ।

मेरी आमा तिमी पापिनी होकी म पापी हो मलाई स्पस्ट जवाफ  चाहियो । आज मेरो सानो छोरो छ म उसलाई दुध पिलाउनु पर्छ तर किन म यो मनुस्यबाट मारिँदै  छु । मलाई अवगत गराउनुस । मेरो आँखामा आँसु  छ त्यो आँसु मेरो मृत्युको कारण होइन कि मेरो सानो बच्चा पनि छ यदि मलाई यिनीहरुले काटेर खाए भने मेरो बच्चाको हालत के हुन्छ ? जवाफ चाहियो आमा ।

आज  हजुरलाई खुसी पार्न यिनी अज्ञान भएका मानवले मेरो छोरो र परिवार बीच सम्बन्ध टाढा पार्दै मलाई बलि चढाउँदै छन् यिनीहरुलाई माफ दिनु होला  किनकी म बोल्न सक्दैन तर यी बोल्न सकेपनि ज्ञान छैन । अज्ञानीलाई माफ दिनु नै हाम्रो  धर्म हो त्यसैले आमा यदि म मरे भने यिनीहरुलाई दण्ड  नदिनु तर माफ दिनु ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »