गजल - गाउँमा आउन न् पाईने भो !!

१५ आश्विन २०७४

banner

पोहोर साल झै यो साल ऑंमा, गाउँमा आउन न् पाईने भो..!!
बाल्य कालका संग साथी साथ, रमाउन न् पाईने भो..!!

नरूनु है ऑंमा-वुवा...,मन बुझाउनु दीदी- वहीनी....!
टीका, माॅला, जमरा केही...., लगाउन  न् पाईने भो....!!

दसैं-तिहार आयो भन्छन.., आय झै नि लाग्दैन खै...!
मादल, झेली, वाशुरी नी.., बजाउन न पाईने भो...!!

पल्तीर र पल्लो गाउ सम , घर- घरमा गई दाजु-भाईका..!
सेल र रोटी, मिठाई- चॅकलेट्...,समाउन। न् पाईने भो...!!

सुफल देखी, लाहपोखरा भै, कावरनेटा, खनदह सम्म..!
यो तिहारमा देउसी-भैलो.., जमाउन न् पाईने भो...!!

[[2"पोहोर साल झै यो साल ऑंमा, गाउँमा आउन न् पाईने भो..!!
बाल्य कालका संग साथी साथ, रमाउन न् पाईने भो...,2]]

  सर्जक- एच.एल. गौतम
  (अर्घाखाची) खनदह3!!
      हाल- भारत।।

Leave a reply

HTML Tags are not supported

Post My Comment »